दफा २२१
सम्वद्ध विषयमा सीमित भई मुद्दा किनारा गर्नु पर्ने

दफा २१९ बमोजिम मुद्दा दोहोर्याई हेर्दा वा दफा २२० बमोजिम पुनरावलोकन गर्दा सर्वोच्च अदालतले जुन आधारमा मुद्दादोहोर्याई हेर्न वा पुनरावलोकन गर्न आदेश गरेको हो सोही आधार र सम्वद्ध विषयमा मात्र सीमित रही मुद्दाको किनारागर्नु पर्नेछ ।